रामबाबुको फिल्मबाट नीकिताको कमब्याक पक्का !
सन् २०१७ की मिस नेपाल निकिता चाण्डक डेब्यू फिल्म ‘साङ्लो’पछि ठुलोपर्दामा देखिएकी छैनन् । अब भने उनको कमब्याक पक्का भएको छ । उनि रामबाबु गुरुङको निर्माणमा बन्ने ‘राजागन्ज’ नामको फिल्मबाट पुनः पर्दामा फर्किने भएकी हुन् । फिल्मलाई ‘हाईवे’ तथा ‘ह्वाइट सन’ फेम निर्देशक दिपक रौनियारले निर्देशन गर्नेछन् ।
रौनियार तिनै निर्देशक हुन जसको पछिल्लो रिलिज ‘ह्वाइट सन’को प्रशंसा विश्वविख्यात ब्राजिली लेखक पाउलो कोहेलो समेतले प्रशंसा गरेका थिए । यस्तै यो फिल्मलाई ‘द न्यूयोर्क टाइम्स’ले हेर्नुपर्ने ९ नव निर्देशकको सूचिमासमेत राखेको थियो ।
फिल्ममा निकिताका अलावा अर्की एक अभिनेत्रीले मुख्य भूमिका निर्वाह गर्नेछिन् । यो फिल्मलाई पुलिस थ्रिलरको जनरामा राखिएको छ । फिल्ममा निकितासँगै दयाहाङ राई र अभिनेत्री आशा मंगरातीको प्रमुख भूमिका रहनेछ ।फिल्ममा ऋचा शर्मा, पशुपति राई, विजय बराल, गौमाया गुरुङ, घनश्याम मिश्रा, आरती मण्डल तथा पुष्पा यादवको पनि अभिनय रहनेछ ।
निर्माता गुरुङले निर्देशक रौनियारसँग आफू सिने क्षेत्रमा काम सुरु गर्दाको सुरुवाती समयदेखि साथी रहेको उल्लेख गर्दै सँगै काम गर्ने अवसर जुरेकोमा खुशी व्यक्त गरेका छन् । ‘यो प्रोजेक्ट नेपाली फिल्म क्षेत्रका लागि कोशेढुङ्गा हुनेछ र म यो फिल्मले ‘बाँसुरी फिल्मस्’को गरिमा बढाउन सहयोग गर्ने कुराले खुशी छु’, उनले भनेका छन् ।
आदि फिल्मस् र बासुरी फिल्मस् प्रोडक्सनको संयूक्त प्रस्तुति रहने फिल्मको सुटिङ जुलाइ २८ अर्थात साउन १२ गतेदेखि सुरु हुनेछ ।
तश्विरः गूगल