Logo

चलचित्रकर्मी कल्याणकारी कोषमा थपियो आर्थीक सहयोग


संयुक्त राज्य अमेरिका निवासी नारायण अधिकारीले चलचित्र विकास बोर्ड अन्तर्गत रहेको चलचित्रकर्मी कल्याणकारी कोषलाई आर्थिक सहयोग उपलब्ध गराएका छन् । बुधबार बोर्डको कार्यालयमा पुगेर अधिकारीले रु. १ लाख पाँच हजार रकम सहयोग गरे।

सहयोग प्रदान गर्दै अधिकारीले आफु सधैं नेपाली चलचित्रको शुभचिन्तक रहेको बताए। एउटै नेपाली चलचित्र पनि पटक पटक हेर्ने गरेको बताउँदै अधिकारीले नेपाली चलचित्रकर्मीको सहायता स्वरुप कल्याणकारी कोषमा थप सहयोग जुटाउन आफ्नो सक्रियता रहने समेत बताए ।

कोष संयोजक बसुन्धरा भुषालले कोषलाई सहयोग गर्दा एकपटक मात्र नभई जुग जुग सम्मलाई सहयोग हुने बताइन्। बोर्ड अध्यक्ष भुवन केसीले सहयोगदाता अधिकारीको प्रशंसा गर्दै चलचित्रकर्मीलाई राहत होस् भनेर मनबाट गरेको सहयोगलाई लिएर सबै चलचित्रकर्मी आभारी रहने बताए ।

Comments