Logo

केकी र सलोनको ‘जय हो’ टिजरः रोमान्स, रोदन र एक्सनको मिश्रण !

शोभित बस्नेतको निर्माणमा बनेको फिल्म प्रस्तुतकर्ता रहको फिल्म ‘जय हो’ को टिजर शुक्रबार सार्वजनिक भएको छ । आगामी भदौ ८ लाई प्रदर्शन मिति तोकेको फिल्मको टिजरमा रोमान्स, रोदन र कमेडी समावेश छ।

टेक पौरखी राईको निर्देशन निर्माण भएको फिल्ममा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबी मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, समीर मियाँको भिएफएक्स र केबलमान सिङ बस्नेत प्रोडक्सन डिजाइनर रहेको फिल्मका मुख्य सहायक निर्देशक दिप्तप्रकाश अधिकारी हुन् ।

मुस्ताङका विभिन्न रमणीय स्थानलाई देखाइको फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहेको फिल्मका निर्माता राज के अधिकारी र सुरज सरकार हुन् ।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको फिल्मको सार्वजनिक पोस्टरले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो । पोस्टरले दर्शकमा बढाएको कौतुहलता सार्वजनिक टिजरले अझै बढाउने विश्वास निर्माण टिमलाई छ । फिल्मलाई जिजिए ग्रुपले वितरण गर्दैछ ।

Comments