Logo

‘बुलाकी’ निर्माताको प्रश्नः उत्साहलाई निराशामा परिणत गराउने यो कस्तो इन्डस्ट्री ?

नयाँ बर्षको अबसरमा यहि बैशाख १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बुलाकी’ले अन्य प्रतिस्पर्धी फिल्मको तुलनामा न्यून शोज पाएको छ । मल्टिप्लेक्स हलहरूले यो फिल्मलाई कम प्राथमिकतामा राख्दा निर्माता, निर्देशकसहितको टिम हल सञ्चालक तथा वितरकहरूप्रति आक्रोशित छ ।

यो बीचमा फिल्ममा कलाकारसमेत रहेका निर्माता विराज विष्टले सामाजिक सञ्जालमा स्टाटस पोष्ट गर्दै आक्रोश र निराशा व्यक्त गरेका छन् । उत्साहसहित फिल्म क्षेत्रमा आएर फिल्ममा लगानी गरेको बताउँदै उनले त्यो उत्साहलाई निराशामा परिणत गराउने यो कस्तो इन्डस्ट्री ? भनेर प्रश्न गरेका छन् ।

वर्षौंदेखि यो क्षेत्रमा सक्रिय रहेकाहरूबाट अन्तिम समयमा पाएको व्यवहार र अघोषित ‘निषेध’ले उत्साहसहित आउने आफु जस्ता नयाँ निर्मातामा निराशा छाउने उनको भनाइ छ । ‘यो उधोगको बारेमा हिजो सुन्दै आएका हल्ला आज आफैंले भोग्दा सत्य साबित बनेका छन्, विष्ट लेख्छन्ः’करोडौं लगानी गरेर हलसम्म आउँदा हल संचालक, वितरक अनि सम्मानित मानिएकै चलचित्रकर्मीले रिलिजमा देखाएको ‘सिण्डिकेट’ले निराश बनाएको छ ।’

शोज बाँडफाँडको समयसम्म आउँदा नयाँ मेकर भन्दै फिल्मको विषयवस्तु र कलाकारको प्रस्तुति नहेरि मनोमानी तरिकाले शोज उपलब्ध गराउनु अनि प्रदान गरिएको शोजमा पनि उल्लेख गरेको समयले चित्र दुखेको भन्दै उनले ‘बुलाकी’लाई गरिएको व्यवहारले भोलीको दिनमा यो क्षेत्रमा आउने नयाँ निर्मातालाई सोच्न बाध्य बनाउने उललेख गरेका छन् ।

लक्ष्मण सुनारको निर्देशनमा बनेको यो फिल्ममा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, सोनु सेढाइँ लगायत अभिनयमा छन् । फिल्मले कर्णाली र सुदुरपश्चिम भेगको ‘जारी’ प्रथाको कथा उठान गरेको छ ।

‘बुलाकी’ टिजरः

Comments