Logo

सिएल शर्माको संगीत र अस्मिता रविको स्वरमा आयो ‘शितल शितल’ |भिडियो

गायिका अस्मिता अधिकारी र गायक रवि शर्माको स्वर रहेको ‘शितल शितल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा सिएल शर्माको संगीत, रोहित घिमिरेको शब्द समावेश छ ।

पुष्कर खत्रीको मिक्सिङ रहेको भिडियोलाई हिमाली जिल्ला मनाङ र मुस्ताङका रमणीय स्थानमा छायांकन गरिएको छ ।

केशवराज भट्टको निर्देशनमा तयार भिडियोमा निर्देशकले मनाङ र मुस्ताङका राजकुमार र राजकुमारीको पुर्नजन्मको कथालाई भिडियो मार्फत देखाउन खोजेका छन् ।

भिडियोमा नायिका तथा मोडल मलिका महत र प्रिन्स चौहानको अभिनय देख्न सकिन्छ । यो भिडियोमा बुद्ध थापाको छायांकन तथा दिलशन शाहको सम्पादन छ ।

Comments