चलचित्र पत्रकार संघ कास्कीमा प्रभु अधिकारीको नेतृत्व
पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाको अध्यक्षमा प्रभु अधिकारी निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको पाँचौं अधिवेशनले अधिकारीलाई सर्वसम्मत अध्यक्षमा निर्वचित गरेको हो ।
अधिकारी नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य पनि हुन् । यस्तै संघको उपाध्यक्षमा अर्पण तिवारी, सचिवमा सन्तोष बस्याल, सहसचिवमा शंकर तिवारी र कोषाध्यक्षमा सुरक्षा श्रेष्ठ निर्वाचित भए ।
यसैगरी संघको कार्यसमिति सदस्यमा सुरेश सुनार, विनिता सुनार, एलीजा क्षेत्री, राकेश गुरुङ, सुदिप पौडेल, सिद्धार्थ गौतम, प्रेम थापा र गौरव त्रिपाठी चयन भएका छन् । संघको केन्द्रीय प्रतिनिधिमा आशिष पुरी र सुशान्त घिमिरे चयन भए । सवै टिम सर्वसम्मत रूपमै चयन भएको हो ।
संघको केन्द्रीय महाधिवेशन यहि फागुन १७ गते काठमाडौंमा हुँदैछ ।
तश्विरः जक्सन डटकम