जनकपुरबाट धिरज र सुहानाको ‘भगवत गीता’ फ्लोरमा
झरना थापाको निर्देसनमा बन्न लागेको फिल्म ‘भगवत गीता’ फ्लोरमा निस्किएको छ । शुक्रबार जनकपुरधामस्थित राम मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै निर्माण टिमले छायांकन थालनी गरेको हो ।
जनकपुरसँगै यो फिल्मलाई काठमाडौँ र मनाङमा छायांकन गरिनेछ । प्रेमकथामा निर्माण हुन लागेको यो फिल्ममा धिरज मगर र सुहाना थापा प्रमुख भुमिकामा हुनेछन् । साथमा विपिन कार्की र कविर खड्का पनि अभिनयमा हुनेछन् ।
सुहाना इन्टरटेनमेन्टको प्रस्तुति र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्मका निर्माता सुनिल कुमार थापा हुन् । यो फिल्मलाई सञ्जय लामाले खिच्नेछन् । फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।