‘ह्रस्व दीर्घ’मा नरेन अनुबन्धित, सलोनको ठाउँमा आदर्शको इन्ट्री
चन्द्र पन्तको निर्देशनमा फ्लोर जाने तयारीमा रहेको फिल्म ‘ह्रस्व दीर्घ’मा कलाकारहरू थपिएका छन् । निर्देशक पन्तले सामाजिक सञ्जालमार्फत फिल्ममा अभिनेता नरेन खड्कासँगै अन्य केहि कलाकार प्रवेश गरेको जानकारी गराएका छन् ।
यसअघि अनुबन्ध भएका अभिनेता सलोन बस्नेतको कार्यव्यस्तता देखाउँदै उनको ठाउँमा कमेडियन आदर्श मिश्रलाई अनुबन्ध गराइएको छ । साथमा अन्य दुई कलाकार लक्ष्मी पौडेल र वसिम राजा पनि फिल्ममा जोडिएको जानकारी गराइएको छ ।
बलिउड तथा दक्षिण भारतीय फिल्मका ब्रहमानन्दम, अली, प्रदीपराज, सुनिल बर्मा जस्ता चर्चाका कलाकारहरू अनुबन्धसँगै भारतको रामोजी फिल्म सिटीमा छायांकन हुने खबरले नै चर्चामा रहेको फिल्म यहि फेब्रुअरी ६ तारिखबाट फ्लोरमा जाँदैछ । यो फिल्ममा नेपालबाट हरिहर अधिकारी, नीता ढुङ्गाना, विपना थापा, सरोज खनाल, रविन्द्र झा, गरिमा शर्मा पनि अभिनयमा हुनेछन् ।