फिल्ममेकरको संघर्षमाथि ‘चलचित्र’ घोषणा, विपिन र अर्पण मुख्य कलाकार
विपिन कार्की स्टारर फिल्म ‘हरि’ निर्देशकद्वय सफल केसी र प्रतीक गुरुङको निर्देशन रहनेगरि फिल्म ‘चलचित्र’ घोषणा गरिएको छ । कमेडी जनरामा बन्ने फिल्ममा हालै विपिन अनुबन्ध भएका छन् ।
निर्माण टिमले विपिनसँगै अर्का हभिनेता अर्पण थापालाई एकसाथ अनुबन्ध गर्दै फिल्म निर्माणको क्रममा रहेको खुलाएको हो । यो फिल्म मनराम ग्रुप र मन प्रोडक्सनको ब्यानरमा निकुन श्रेष्ठ र सुशान्त श्रेष्ठको निर्माणमा बन्ने छ । नेपालमा फिल्म बनाउन फिल्ममेकरले गर्ने संघर्षको कथावस्तु फिल्ममा समेटिनेछ ।
आगामी चैत्रदेखि छायांकनमा जाने फिल्मका अन्य कलाकार सार्वजनिक छैनन् । २०१८ मा रिलिज केसी र गुरुङको निर्देशन रहेको फिल्म ‘हरी’ले राम्रो चर्चा पाएपनि बक्सअफिसमा कमजोर साबित भएको थियो ।