अष्ट्रेलियामा रहेका नेपालीको पीडा बोल्न ‘सिड्नी’ फिल्म घोषणा
नेपाली विधार्थीहरूको लागि उत्कृष्ट शैक्षिक गन्तव्य बनेको अष्ट्रेलियाको शहर सिड्नी नाममा नेपाली कथानक फिल्म बन्ने भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमकाबीच यो फिल्म निर्माणको घोषणा गरियो ।
आगामी बैशाखबाट फ्लोरमा जाने फिल्म ओमाईगड इन्टरटेन्मेन्ट र आचार्य ब्रदर्सको संयुक्त ब्यानरमा निर्माण हुनेछ । यो फिल्ममा सविन श्रेष्ठ र रीमा विश्वकर्मा मुख्य कलाकार तय भएका छन् । देवकुमार श्रेष्ठ फिल्मको निर्देशन रहनेछन् ।
अष्ट्रेलिया पुगेपछि नेपालीले गर्नुपर्ने संघर्षको कथा बोल्ने फिल्ममा २० प्रतिशत नेपालका दृश्य र ८० प्रतिशत सिड्नीका दृश्य समेटिनेछन् । अम्बर रसाइली प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा चोला बहादुर आचार्य र भीमराज रसाइली छन् । युगलध्वज कार्कीको लेखन रहेको फिल्मलाई हरि बहादुर घलेले छायांकन गर्नेछन् । एक्सन तथा थ्रिलर जनरामा यो फिल्म निर्माण हुनेछ ।