‘लाखे’ निर्माताको नयाँ फिल्म लामाले निर्देशन गर्ने, वितरणमा आरआर फिल्मस्
यसैवर्ष रिलिज फिल्म ‘लाखे’ निर्माताको अनटाइटल प्रोजेक्टलाई दिपेन्द्र लामाले निर्देशन गर्ने भएका छन् । सोमबार कार्यकारी निर्माता रहने हरि मल्ल ठकुरी र निर्देशक लामाबीच कागजी सम्झौता भएको हो ।
फिल्मको कथा, पटकथा र संवादसहित निर्देसन रहनेगरि महंगो पारिश्रमिकमा लामा अनुबन्ध भएको बताइन्छ । गत साता मात्रै लामाले यसैवर्ष फ्लोरमा जाने गरि ‘नाङ्गो गाउँ’ निर्देशन गर्ने घोषणा गरेका थिए ।
लामाले निर्देशन गर्ने उक्त प्रोजेक्ट अर्को वर्ष मात्रै छायांकन हुनेछ । कलाकार तय हुन बाँकी उक्त फिल्ममा जिएम ठकुरी निर्माता र समीर घले सह-निर्माता रहनेछन् । यो फिल्मको वितरण अधिकारमा पनि सम्झौता भएको छ । आरआर फिल्मस् ले देशैभर यो फिल्मलाई वितरण गर्नेछ ।