रामकृष्ण र रानी स्वरमा आयो प्रेमपीडा बोल्ने ‘चाहँदिन हाँस्न म’ |भिडियो
गायक रामकृष्ण ढकाल र गायिका रानी शाक्यको स्वरमा समावेश भएको ‘चाहँदिन हाँस्न म’ बोलको गीतको भिडियो आज सार्वजनिक गरिएको छ ।
यो गीतमा निशा शर्मा अर्यालको शब्द र अर्जुन पोखरेलको संगीत छ । यो गीतले जातका कारण प्रेममा आउने अवरोधको भावलाई बोकेको छ ।
भिडियोको निर्देशन रायन कार्कीले गरेका हुन् । भिडियोमा वुद्ध थापाको छायांकन, बिष्णु खड्काको सम्पादन छ । गीतको भिडियोमा रामचन्द्र अधिकारी, सुरविर पण्डित, कमल सिंह र परि शाक्यको अभिनय छ ।