Logo

कर्णालीमा निःशुल्क स्वास्थ्य शिविर गर्न जापानमा कन्सर्ट !

नयाँ वर्ष २०२३ को छेकोमा जापानमा सांगीतिक कार्यक्रम ‘नयाँ वर्ष धमाका’ आयोजना हुने भएको छ । उक्त कार्यक्रममा चर्चित गायक गायिका सुगम पोखरेल, मेलिना राई र सुनिलसिंह ठकुरीले जापान कन्सर्टमा प्रस्तुति दिने भएका छन् ।

कर्णालीमा निःशुल्क स्वास्थ्य शिविर गर्ने उद्देश्यले सञ्चालन हुन लागेको कार्यक्रम जापानका ६ सहरमा हुनेछ । लाइफ फर फ्रेन्ड्स नामक संस्थाले आयोजना गर्न लागेको कार्यक्रम डिसेम्बर २५ मा टोकियोको रोपंगी जेस नाइटमा हुनेछ ।

यसैगरी ओसाका, नागोया, फुकुयोका, ओकिनवा, सिजोउका, सेन्दाई लगायतका सहरमा समेत कन्सर्ट हुनेछ । कार्यक्रमबाट संकलित रकम कर्णालीका जनताको स्वास्थ्यमा खर्च गरिने बताइएको छ ।

Comments