Logo

फिल्मी फ्राईडेः दर्शकमाझ मल्टिस्टारर ‘के घर के डेरा’

शुक्रबारबाट नेपाली पर्दामा दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’ प्रदर्शनमा आएको छ । मल्टिप्लेक्स र सिङगल स्कृनमा एकसाथ प्रदर्शनमा आएको फिल्मलाई हलहरूले उच्च प्राथमिकताका साथ शोज उपलब्ध गराएका छन् ।

अग्रीम टिकट बुकिङ खुलाउँदा नै यो फिल्मले मल्टिप्लेक्स हलहरूमा उच्च शोज पाएको थियो । नेपालको सवैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले मात्रै देशभरका आफ्ना आउटलेटमा ३८ शोज दिएको छ । यस्तै वान सिनेमाजले ६, रन्जना सिनेप्लेक्सले ४, बिग मुभिजले ३, आईएनआई सिनेमाजले ६, बिएसआर मुभिजले ३, एफक्युबले ३ शोज उलपब्ध गराएको छ । काठमाडौंबाहिरका मल्टिप्लेक्स तथा सिंगल सकृनमा पनि फिल्मले राम्रो स्थान पाएको निर्माण टिमले बताएको छ ।

यो फिल्ममा पटकथा तथा संवाद महेश दवाडीको छ । दयाहाङ राई, सुरक्षा पन्त, विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, आशान्त शर्मा, प्रभाकर न्यौपाने, भोलाराज सापकोटा फिल्ममा मुख्य अभिनयमा छन् ।

सिंगे लामाको कथामा बनेको फिल्ममा शंकर थापा स्माइल तथा कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमाका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् ।

Comments