Logo

हिट दाबी गर्दै ‘२ नम्बरी’ निर्माताबाट नाफा बाँड्ने घोषणा !

फिल्म हिट भएको दाबीसहित फिल्म ‘२ नम्बरी’का निर्माताले प्राविधिकहरुलाई बोनस दिने घोषणा गरेका छन् ।

आफ्नो फिल्मले ५ दिनमा नै नाफाको बाटोमा लगिसकेको भन्दै निर्माता किरण नेपालीले पर्दापछाडी रहेर फिल्ममा काम गरेका प्राविधिकहरूलाई नाफा बाँड्ने बताएका हुन् । फिल्मले दशैंपछि पनि उल्लेख दर्शकको साथ पायो भने ओभरसिज र डिजिटल राइट्सबाट पनि राम्रो रकम हात पारेको बताइन्छ ।

चलचित्रको लाइफ टाइम कलेक्शनपछि कति बोनस दिने भन्ने निर्णय हुने निर्माता नेपालीको भनाई छ ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, उगेन छोदेनको मुख्य भूमिका छ । २ साथीको मित्रताको कथामा तयार भएको चलचित्रले सुपरहिटको व्यापार गरिरहेको छ ।

 

Comments