Logo

‘प्रेमगीत ३’ को हिन्दी डबलाई सरकारबाट नेपाली फिल्मको मान्यता

विदेशी फिल्म सरह शुल्क तिर्नुपर्ने गरि चलचित्र विकास वोर्डले सेन्सर सिफारिस गरेपछि वोर्ड अध्यक्ष भुवन केसीलाई सोधपुछलाई बोलाएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फिल्म ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई नेपाली फिल्मको मान्यता दिएको छ । अध्यक्ष केसीसँग सोधपुछपछि मन्त्रालय प्रेमगीतको हिन्दी डबलाई पनि नेपाली फिल्म सरह नै मान्यता दिने निर्णयमा पुगेको हो ।

नेपालमा छायांकन भएको फिल्ममा सबै कलाकार नेपाली, लोकेशन नेपाली, प्राविधिकसहितको टिम नेपाली रहँदा विदेशी फिल्म करार गर्ने कुनै आधार नदेखिएको सञ्चार मन्त्रालयका प्रवक्ता तथा सेन्सर बोर्डका अध्यक्ष सेवन्तक पोखरेलले बताएका छन् ।

मन्त्रालयको यो निर्णयसँगै अब ‘प्रेमगीत ३’को हिन्दी भर्सनले अतिरिक्त १५ प्रतिशत विकास शुल्क पनि तिर्नुपर्ने छैन । अब दुबै भाषामा रिलिज हुँदा फिल्म नेपाली नै करार हुनेछ । भोली शुक्रबारबाट फिल्म प्रदर्शनमा आउँदैछ ।

Comments