Logo

कांग्रेसको घोषणापत्र लेखन समितिमा ‘कालोपोथी’ निर्देशक मीन भाम


विश्व चर्चित फिल्म ‘कालोपोथी’ निर्देशक मीनबहादुर भाम (मिन भाम) सत्तारुण दल नेपाली कांग्रेसको घोषणापत्र लेखन समितिको सदस्यमा मनोनीत भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको घोषणापत्र तयारी समितिमा निर्देशक भामलाई सदस्यको जिम्मेवारी दिएका हुन् ।

समितिमा विभिन्न क्षेत्रका विषय विज्ञहरुलाई समेट्ने क्रममा चलचित्र क्षेत्रबाट विश्वस्तरमा आफ्नो अब्बल उपस्थिति जनाएका भामले स्थान पाएका हुन् । उनि यसअघि नै आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनमा मुगुबाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारमा सिफारिस भएका थिए ।

२०७८ सालदेखि नै कांग्रेससँग आबद्ध भाम त्यतिबेला पार्टीको सूचना तथा सञ्चार विभागको केन्द्रीय समितिमा थिए । भामले नेविसंघको समिति र विभिन्न इकाईमा रहेर पनि काम गरिसकेका छन् ।

मानवशास्त्रमा विद्यावारिधि गरिरहेका निर्देशक भाम फिल्मका एसोसिएट प्रोफेसर समेत हुन् । फिल्म ‘कालोपोथी’ निर्देशन गरेर विश्व प्रसिद्धी हासिल गरेका भामको नयाँ फिल्म‘चिसो वर्ष’ आगामी पौषबाट छायांकनको तयारीमा छ ।

Comments