मदनकृष्णको स्वरमा प्रमोदले ल्याए ‘माया रोपे माया फल्छ’ |भिडियो
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको आवाजमा गीति भिडियो दर्शक श्रोतामाझ आएको छ । युट्युवमा सार्वजनिक ‘माया रोपे माया फल्छ’ बोलको गीतमा वरिष्ठ कलाकार श्रेष्ठले आवाज दिएका हुन् ।
सार्वजनिक प्रेमील भाव बोल्ने गीतमा शब्द प्रमोद भट्टराई ‘प्रतिक’को छ । उक्त गीतमा कृति न्यौपानेले मिठासपूर्ण संगीत भरेका छन् । एरेञ्जको काम पुरुषोत्तम सुवेदीले गरेका छन् । गीतको भिडियोमा एक सुन्दर र खुशी परिवारको कल्पना गरिएको छ । रिस र द्वेष छोडेर परिवारमा प्रेम बाड्नुपर्ने सन्देश गीतले दिएको छ ।
भिडियोतर्फ उत्सव दाहालको छायांकन छ भने सम्पादनको काम विकास ज्ञावलीले गरेका छन् । कृष्णदेव रुपाखेतीको निर्देशनमा बनेको भिडियोमा कलाकार श्रेष्ठसँगै ऋचा थापा, निक्स शर्मा र अर्नव घिमिरे फिचर्ड छन् । भिडियोको कन्सेप्ट तथा कथा सुनिल क्षेत्रीले तयार पारेका हुन् ।