Logo

सोमबार फिल्म हल बन्द गर्ने चलचित्र संघको घोषणा

q’s cinemas rising mall -file photo (source-google)

चलचित्र वितरक र प्रदर्शकहरूको छाता संस्था नेपाल चलचित्र संघले आगामी सोमबार देशभरका फिल्म हल बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको संघको कार्यसमिति बैठकले सांकेतिक विरोधस्वरुप हल बन्द गर्ने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

महासचिव नरेन्द्र महर्जनद्वारा जारी विज्ञप्तिमा संस्थाका सदस्यहरुको मानमर्दन हुने गरी अनर्गल आरोप लगाएकोप्रति सांकेतिक विरोधको कार्यक्रम घोषणा भएको जनाएको छ ।

हिन्दी फिल्मको सेन्सर नहुँदासम्म नेपाली फिल्मको पनि अग्रिम बुकिङ नखोलिएको भन्दै आलोचना बढेपछि फिल्म सेन्सर गर्दा अनावश्यक दुःख दिएको भन्दै अग्रिम बुकिङ नखोलिएको संघले जिकिर गरेको छ ।
विज्ञप्तिको पूर्णपाठः

Comments