इन्डियन आइडल विजेता पवनदीपको स्वरमा ‘घाम झैं बलेकी’ आश्मा !
इन्डियन आइडल १२ का विजेता नेपाली मुलका लोकप्रिय गायक पवनदीप राजन र इन्डियन आइडल १२ कै प्रतिस्पर्धी अरुनिता कान्जीलालको स्वरमा नेपाली गीत सार्वजनिक भएको छ । गीतकार एसपी सापकोटाको शब्द रचना रहेको गीत ‘घाम झैं बलेकी’ बोलको गीत बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।
गीत भिडियोसहित सार्वजनिक भएको छ। यो पवनदीपको पहिलो नेपाली गीत हो। पवनदीपले पहिलोपटक नेपाली गीत गाउन पाउँदा खुसी व्यक्त गरेका छन् । उनले गीतकार एसपी सापकोटाको शब्द मन परेकोले यो गीत गाएको बताए । ‘म बच्चैदेखि नेपाली गीत सुन्दै हुर्केको हुँ, अहिले यति राम्रो नेपाली गीत गाउन पाउँदा खुसी छु ।’ नेपालबाट यस्तो राम्रो गीत बनेर मुम्बई आयो कि, मलाई सुन्दर पहाडको झल्को याद आयो।’
गीतमा शिखर सन्तोषको संगीत तथा उदयराज पौडेलको एरेन्जमेन्ट रहेको छ। बलिउडका चर्चित गायक तथा संगीतकार कैलाश खेरको कैलाश स्टुडियोमा रेकर्ड गरिएका गीत मुम्बईका मिक्सीङ इन्जिनियर निरज सिंहले रेकर्ड गरेका हुन् । गीतको अडियो बलियो बनेको छ । गीतको भिडियो सुदिप बरालले निर्देशन गरेका छन् ।
बरालकै डिओपी रहेको भिडियो पोखरा र त्यस आसपासका मनोरम दृश्य समेट्दै छायांकन गरिएको छ । भिडियोमा अभिनेता राजकुमार र कार्टुन क्रियू कि चर्चित मोडल आश्मा विश्वकर्माले अभिनय र नृत्य गरेका छन् । भिडियोमा कोरियोग्राफी मौसम हिमाली र सम्पादन सम्पादक प्रविण भट्टको छ।