मायाको ढोका खोलिदिन विरहीको अपिल !
गायक विरही कार्कीको पछिल्लो सांगीतिक कोशेली ‘मायाको ढोका खोलिदेउ’ एक समारोहका बीच लोकार्पण गरिएको छ । म्यूजिक खबरको आयोजनामा नयाँबानेश्वरस्थित एभरेष्ट लाउन्जको सभाहलमा आयोजित कार्यक्रममा वरिष्ठ गायक, संगीतकार एवं निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यसैगरि विशेष अतिथीको रुपमा उपस्थित वरिष्ठ गीतकार डा. राजुबाबु श्रेष्ठ गायक, गीतकार संघका उपाध्यक्ष बसन्त वित्यासी थापा, सञ्चारकर्मी एवं सामाजिक अभियन्ता कृष्ण कँडेल, एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष आरसी कोइराला, स्मार्ट फोरके टेलिभिजनका समाचार प्रमुख सरोज कोइराला, गायिका अन्जु पन्त, अभिनेत्री शिल्पा पोखरेल, मोडल सागर लम्साल बले लगायत कार्यक्रममा विशिष्ट कलाकारहरु, पत्रकारहरु र संगीतअनुरागीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
सञ्चारकर्मी सुमन बैरागी पण्डितले उपस्थित अतिथिहरुलाई स्वागत गरेका थिए । त्यस्तै बरिष्ठ पत्रकार गोबिन्द गिरीले गायक बिरही कार्कीको व्यक्तित्व र सांगीतिक क्षेत्रमा पु¥याएको योगदानका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नारायण रायमाझीले गीतसंगीतमा समाज बोल्नुपर्दछ र संगीतले नै मानवमा सकारात्मक उर्जा भर्नु पर्दछ भन्दै बिरहीका गीतमा आफूले सोचेजस्तो समाज र उर्जा दुबै पाएको बताए । प्रमुख अतिथि रायमाझीले प्रवासमा कमाएर गीतसंगीतमा लगानी गर्नेहरुले गर्दा नै नेपाली संगीत क्षेत्र बाँचिरहेको बताए । उनीहरुको लगानी सुरक्षित बनाउन हामी सबै मिलेर प्रोत्साहन गर्नुपर्छ, रायमाझीले भने ।
सार्वजनिक गीतमा गायक बिरही कार्कीको साथमा लोकप्रिय गायिका अन्जु पन्तको स्वर रहेको छ । गीतको शब्द तथा संगीत गायक कार्कीको नै रहेको छ । श्यामश्वेत रसाइलीको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ गीतलाई प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
शंकर बिसीको निर्देशन तथा नृत्य निर्देशनमा तयार भएको उक्त गीतको भिडियोमा सागर लम्साल ‘बले’ र शिल्पा पोखरेलको अभिनय रहेको छ । करण चैसिरले छायांकन गरेको भिडियालाई नबिन घर्ती मगरले सम्पादन गरेका हुन् ।