सांस्कृतिक प्रवर्द्धनलाई ‘स्ट्रिट डान्स’ शो केपप फेस्टिभल हुने
स्ट्रकपोप र ओरीएन प्राइभेटको सहकार्यमा के पप फेस्टिभल आयोजना हुने भएको छ । नेपाल र कोरिया बीच केपप र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रम बस्किङ अर्थात ‘स्ट्रिट डान्स’ काठमाण्डौका विभिन्न ठाउँमा हुनेछ । सहभागिता जनाएका प्रतिस्पर्धीहरूले आफ्नो कला उक्त कार्यक्रममा देखाउने छन् ।
हालै आयोजक टिमहरूले भक्तपुर , वसन्तपुर लगायत ठाउँमा हजारौँ दर्शकहरूको उपस्थितिमा कार्यक्रम समापन गरेका थिय । दर्शकले यस प्रकारको कार्यक्रम अन्य ठाउँमा पनि हुन पर्ने र उक्त कार्यक्रमले संस्कृतिको प्रवर्द्धनलाई धेरै टेवा पुर्याउने उनीहरूको भनाइ थियो । साथै यस प्रकारको कार्यक्रमले नव- कलाकारहरूलाई आफ्नो कला देखाइ देश- विदेशमा चिनिने मौका पनि दिएको छ। यो कार्यक्रम अन्य ठाउँमा पनि हुने आयोजक टिमले जानकारी गराएका छन भने आगामी नोभेम्बरमा बुट्वल , चितवन , पोखरा लगायत ठाउँमा अडिसन राखिने र डिसेम्बरमा शो को फाइनल हुने छ ।
आगामी डिसेम्बर बाट यो कार्यक्रम अन्य ठाउँमा पनि हुने आयोजक टिमले जानकारी गराएका छन् । कार्यक्रमको प्रायोजकमा एम्बेसी अफ दी रीपब्लिक कोरीया रहेको छ । २०१५ बाट ऊर्जावान् र डाइ हार्ड केपप फ्यानहरू मिलेर स्थापना गरेको नेपालको पहिलो के-पप कभर ब्वाय समूह पनि हो । जसले कलाकारहरूलाई विभिन्न कार्यक्रमहरूमा व्यवस्थापन पनि गरेको छ ।
स्थापनादेखि नै सक्रिय रूपमा विभिन्न कोरियाली-नेपाली संस्कृति सम्बन्धित व्यावसायिक कार्यक्रमहरू, एक्सपो प्रतिस्पर्धामा संलग्न रहेको यो समूहले यस बाहेक नेपाली र कोरियाली दुवै गीतको आधिकारिक र कभर भिडियोहरू क्रमशः उत्पादन गर्दै पनि आएको छ । साथै केही बर्षमानै स्ट्रकपोप एक मनोरञ्जन कम्पनीको रूपमा स्थापित हुन पनि सफल भैसकेको छ ।