भदौबाट सर्यो ‘बाबरी’, दशैं रिलिज घोषणा
यसअघि भदौ ३१ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘बाबरी’को प्रदर्शन मिति हेरफेर भएको छ । निर्माण टिमले प्राविधिक कारण र प्रचारलाई समय नपुग्ने जिकिर गर्दै दुई हप्ता पछिको मितिलाई आफ्नो रोजाईमा पारेको छ । अब यो फिल्म असोज १४ मा प्रदर्शन हुनेछ ।
सुरेन्द्र पौडेलको निर्देशनमा बनेको फिल्मले दशैंको छेकोमा प्रदर्शन तय गरेको हो । यसअघि उक्त मितिमा ‘परदेशी २’ले प्रदर्शन तोकेको थियो तर दुई दिन पहिले मात्रै उक्त फिल्मले असोज छोडेर फागुनमा रिलिज घोषणा गरेको छ ।
धिरज मगर र अदिती बुढाथोकी स्टारर ‘बाबरी’ असोज १४ मा रिलिज हुँदा दशैं विदाको फाइदा पुग्ने अपेक्षासहित निर्माण टिमले उक्त मिति रोजेको बताएको छ । त्यसको अघिल्लो हप्ता असोज ७ मा फिल्म ‘प्रेमगीत ३’रिलिज हुँदैछ । यो फिल्ममा धिरज र अदितीसँगै डेब्यू अभिनेता धिरज नाडकर लिड रोलमा छन् । उनि अभिनेत्री तृप्ति नाडकरका छोरा हुन् ।