‘नेपाली चलचित्रकर्मी स्मृति सम्मान २०७९’ घोषणा, ११ चलचित्रकर्मी सम्मानित हुँदै
नेपाली चलचित्रकर्मी स्मृति सम्मान कोषले प्रदान गर्ने ‘नेपाली चलचित्रकर्मी स्मृति सम्मान २०७९’को घोषणा भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबीच आयोजक संस्थाले सम्मान प्राप्त गर्ने व्यक्तिहरूको नामावली सार्वजनिक गरेको हो ।
सम्मान कार्यक्रम अन्तर्गत ११ जना फिल्मकर्मीलाई विभिन्न विधामा सम्मान प्रदान गर्न लागिएको आयोजकले खुलाएको छ । विभिन्न बिधामा रहेर चलचित्र क्षेत्रमा निरन्तर योगदान दिनुहुने व्यक्तिहरूलाई संस्थाको सर्वसम्मत निर्णयले नामावली सार्वजनिक गरिएको संस्थाका सदस्य सचिव प्रदीपकुमार उदयले बताए ।
‘नेपाली चलचित्रकर्मी स्मृति सम्मान २०७९’ आगामी भदै १९ गते काठमाडौंमा एक कार्यक्रम गरेर प्रदान गरिने उदयले बताए । सम्मानित सबैलाई सम्मान पत्र, नगद १५ हजार ५ सय ५५ रुपैयाँसहित दोसल्लाले सम्मान गरिने बताइएको छ ।
उक्त कार्यक्रम अन्तर्गत सम्मान प्राप्त गर्न लागेका चलचित्रकर्मीहरूको नामावली यसप्रकार छः
१)भुपेन्द्र बिष्णु श्रेष्ठ प्रकाश थापा स्मृति निर्देशक सम्मान २०७९ बाट निर्देशक श्री ज्ञानेन्द्र देउजा ( अर्जुन श्रेष्ठद्वारा स्थापित)
२)द्वारिका प्रसाद उदय शिव शंकर मानान्धर अभिनेता सम्मान २०७९ बाट अभिनेता श्री शिव श्रेष्ठ (प्रदिपकुमार उदयद्वारा स्थापित)
३)गुण समुह शान्ति मास्के स्मृति अभिनेत्री सम्मान २०७९ बाट अभिनेत्री श्री गौरी मल्ल (गुण समुहद्वारा स्थापित)
४)भुवनेश्वर अमात्य नारायण गोपाल स्मृति संगीत सम्मान २०७९ बाट गायिका श्री देविका बन्दना (योगेश्वर अमात्यद्वारा स्थापित)
५)हरिबहादुर हिरादेबी श्रेष्ठ डायमण्ड शम्सेर स्मृति लेखन सम्मान २०७९ बाट लेखक श्री मौनता श्रेष्ठ (वीरेन्द्र नारायण श्रेष्ठद्वारा स्थापित)
६)शेरबहादुर पोखरेल श्री बिक्रम राणा स्मृति पत्रकारिता सम्मान २०७९ बाट पत्रकार श्री बिदुर गिरी (राजकुमार पोखरेलद्वारा स्थापित)
७)क्वेष्ट ईन्टरटेन्मेन्ट मधुकर बस्नेत स्मृति प्राविधिक सम्मान २०७९ बाट सम्पादक श्री नरेन्द्र खड्का (क्वेष्ट ईन्टरटेन्मेन्टद्वारा स्थापित)
८)मैया देवी प्रधान गोपाल भुटानी स्मृति द्वन्द कलाकार सम्मान २०७९ बाट द्वन्द निर्देशक श्री योगेन्द्र श्रेष्ठ (मधुसुदन प्रधानद्वारा स्थापित)
९)हरि प्रसाद द्वा भगवान दास श्रेष्ठ स्मृति निर्माता सम्मान २०७९ बाट निर्माता श्री छविराज ओझा (कपिल प्रसाद द्वाद्वारा स्थापित)
१०)नन्दबहादुर महर्जन बिरेन्द्र पाण्डे स्मृति प्रदर्शक सम्मान २०७९ बाट प्रदर्शक श्री तिर्थ प्रधान (नरेन्द्र महर्जन द्वारा स्थापित)
११)राजविर कायस्थ बैकुण्ठ मास्के स्मृति छायॉकार सम्मान २०७९ बाट छायॉकार श्री मन्जु श्रेष्ठ (गोपाल काजी कायस्थ)