Logo

‘मिस सुनार २०२२’ घोषणा, साउन अन्तिम साता अडिसन हुने

विश्वकर्मा समुदायको कला संस्कृतिलाई जगेर्ना गर्ने र प्रतिभा प्रष्फूटन गर्ने उद्देश्यले विश्वकर्मा समुदायका युवतीहरूलाई लक्षित गरि ‘मिस सुनार २०२२’ को आयोजना गरिने भएको छ । उक्त प्रतियोगितामा सहभागी हुनेहरूको यहि साउन २१ गते अडिसन आयोजना हुने आयोजकले जनाएको छ ।

पोखरामा रहेर विभिन्न इभेन्ट तथा कल्चरल कार्यक्रम गर्दै आएको ‘प्रतिक इभेन्ट्स’ले आयोजना गर्ने उक्त प्रतियोगितामा नेपालभरका विश्वकर्मा समुदायका १६ देखी २५ वर्षका युवतीहरू अडिसनमा सहभागी हुनसक्ने कार्यक्रम संयोजक प्रतिक सुनारले बताए । ‘सुन्दरता दृश्यमा होइन दृष्टिमा हुन्छ’ भन्ने ट्यागलाईनलाई प्रतियोगिताको मूख्य थीम बनाइएको छ ।

अडिसनबाट छानिएका प्रतियोगीहरूलाई विभिन्न चरणका कार्यक्रमहरु गरि प्रतिभा निखार्दै असोज महिनामा ग्राण्ड फिनालीको आयोजना गरिने प्रतिकले बताए । प्रतियोगितामा सहभागी भई टाइटल उपाधी हात पार्नेले एक थान स्कूटर, फर्स्ट रनरअपले नगद ५० हजार र सेकेण्ड रनरअपले नगद रु २५ हजारसँगै म्यूजिक भिडियोमा अभिनय प्राप्त गर्नेछन् भने उत्कृष्ट तीनलाई विदेश भ्रमणको समेत प्रवन्ध हुने आयोजकले बताएको छ ।

अडिसन पश्चात हुने एक महिने प्रशिक्षणमा आत्मरक्षा सम्वन्धि प्रशिक्षण, फेसन, व्यावसायिक शिक्षा, व्यत्तित्व विकास कला लगायतका कुराहरू जोडिनेछन् । दैनिक रूपमा विभिन्न क्षेत्रमा ख्यात्तिप्राप्त व्यक्तित्वहरूबाट प्रशिक्षण गराईने बताइएको छ । लोप हुदै गहिरहेको विश्वकर्मा समुदायको कला संस्कृतिको जगेर्ना गर्दै यस समुदायका युवतिहरुलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गर्न लागिएको प्रतिकले बताए ।

Comments