नवनियुक्त बोर्ड अध्यक्ष केसीले गरे पदभार ग्रहण
नेपाल सरकारबाट हालै चलचित्र विकास बोर्ड अध्यक्ष नियुक्त भएका अभिनेता भुवन केसीले पदभार ग्रहण गरेका छन् । बुधबार चाबहिलस्थित बोर्ड पुग्दा केसीलाई बोर्डका कर्मचारी र उपस्थित चलचित्रकर्मीहरुले स्वागत गर्दै बधाई दिए ।
पदभार ग्रहण गर्दै केसीले २० बर्षदेखि नेपाली चलचित्र क्षेत्रलाई बुझेको भन्दै चलचित्र क्षेत्रका विधमान समस्याहरू समाधानमा आफ्नो ध्यान केन्द्रीत रहने बताए । ‘म आफैं कलाकार र निर्माता रहँदा यो क्षेत्रका समस्या बुझेको छु तिनै समस्या समाधानको लागि बोर्ड अध्यक्षमा आएको हुँ’ केसीले भने ।
गत बैशाखमा नेपाली कांग्रेस प्रवेश गरेसँगै केसीले बोर्ड अध्यक्ष बन्न लबिङ सुरु गरेका थिए । यसअघि पनि पटक पटक गरेको उनको प्रयास उपलब्दिमुलक बनेको थिएन ।