Logo

सुदुरपश्चिमको छाउपडी प्रथा बोल्ने ‘लिलू’ |भिडियो

नेपालको सुदुरपश्चिमका केहि जिल्लाहरुमा अहिलेपनि छाउपडी प्रथा देखिएकै कारण गीतसंगीतको तर्फबाट भएपनि सन्देश प्रवाह गर्नुपर्छ भन्ने उद्देश्यले एल.पी शर्मा र गौरब गिरीको टिमले छाउपडीकै बिषयमा गीत निर्माण गरेको छ ।

‘लिलू’ शिर्षकको गीत अछाम सहित सुदुरपश्चिम तथा कर्णाली प्रदेशको कुप्रथाका रुपमा रहेको छाउपडी प्रथाको कथा बोकेको देउडा गीत हो ।

गीतमा एल.पी. शर्मा र गौरव गिरीको शब्द छ भने पुजा देवकोटा, रेखा जोशी, गौरी भट्ट र रोहित देउवाको स्वर रहेको छ । गीतमा संगित रोहित देउवाको रहेको छ । एचबिएन किस्मतले एरेञ्ज गरेको गित वान डिबी स्टुडियोमा बिमल चिनालले रेर्कड गरेका हुन् ।

गीतमा रोशनी कार्की, पुजा देवकोटा, लक्ष्मी प्रसाद शर्मा, भद्र जंग कुवँर, मुकेश सुनार, ईब्सु सञ्ज्याल र पशुपती कुवँरको अभिनय रहेको छ । म्युजिक भिडियोको निर्देशन गौरब गिरीले नै गरेका हुन् ।

Comments