लोकप्रियता बढाउँदै ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’
हालसम्म जम्मा ६ एपिसोड प्रसारण भएको सांगितिक रियालिटी शो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ नेपाली रियालिटी शो प्रेमीहरु माझ लोकप्रियता बढाउँदै अघि बढेको छ । ‘ब्याटल अफ दि स्टार्स’को रूपमा इमेज एचडी टेलिभिजनबाट हरेक हप्ताको आइतबार र सोमबार बेलुका ७:४५ बजे प्रसारण भइरहेको यो कार्यक्रम निर्माण कम्पनिले आफ्नो कार्यक्रम छोटो समयमा रियालिटी शो प्रेमीमाझ लोकप्रिय बन्न सफल भएको बताएको छ ।
‘नेपाल्स सिङ्गिङ सुपरस्टार’मा अन्य रियालिटी शो मा भाग लिइसकेका गायक गायिका र पाँच वर्ष देखि संगीत साधनामा लागेका गायक गायिकालाई मात्रै छनोट गरिनु, निर्णायकको रुपमा दर्शकहरु माझ चर्चित र प्रतिष्ठित निर्णायकहरु संजय श्रेष्ठ, सत्यराज आचार्य, स्वरुपराज आचार्य र मिलन नेवार रहनुलाई सफलताको पहिलो कडी निर्माण टिमले मानेको उक्त शो निर्देशक रवि श्रेष्ठले बताए ।
कार्यक्रममा प्रस्तोताको रुपमा टेलिभिजनको पर्दामा स्थापित होस्ट विवेकसिंह ठकुरी र केन्जल मेहर श्रेष्ठ छन् । हालसम्म प्रसारण भएका एपिसोडहरुमा प्रतिस्पर्धीहरुको गायन क्षमता पनि आकर्षणको अर्को कारण बनेको रियालिटी शोको पारखीहरुको धारण छ ।
ब्याटल अफ दि स्टार्स ट्याग लाइन लिएर आएको र सेन्सोडाइनले शिर्षक प्रायोजन गरेका नेपाल्स सिङ्गिग सुपरस्टार कुनै पनि विदेशी रियालिटी शोको फ्रेन्चाइज होइन । निर्देशक श्रेष्ठले आफ्नो कार्यक्रमलाई नेपालको मौलिक रियालिटी शो बताउँछन् । सुरजलाल जोशी प्रोजेक्ट हेडको रुपमा रहेको, बिदुर पाण्डे प्राविधिक हेड रहेको यो कार्यक्रम इमेज एच. डी. टेलिभिजनसँगै युट्युवमा ओएसआर रियालिटी मार्फत प्रसारण भइरहेको छ ।