Logo

लैङ्गिक समानताको कथा सहित ‘छोरी’ लिएर फर्किए रमेश कडरिया |भिडियो

संगीतकार रमेश कडरिया पाँच महिना पछि पुन: नारी विषयक गीत लिएर आएका छन् । “छोरी लिएर आएका छन । गत पुषमा सार्वजनिक कडरियाको ‘कठोर’ बोलको गीत पनि नारी प्रदान रहँदा उक्त गीतमा उनले नारीले भोग्नु परेको घरेलु हिंसाको बिषय उठाएका थिए ।

यो पटक ‘छोरी’ बोलको गीत लिएर आएका कडरियाले यो गीतमा लैङ्गिक समानताका साथ छोरीलाई घर देखिनै असल संस्कार,सिकाइ र मायाका साथ भेदभाव रहित वातावरण वनाउनुपर्ने भाव उठाएका छन् । हालै सार्वजनिक गीतमा ‘भ्वाइस अफ किड्स नेपाल’का फाइनलिस्ट अनुजा कडरिया र रुक्सना लिम्बु तथा र्यापर क्यानोपसको आवाज छ ।

कडरियाको संगीत रहेको उक्त गीतमा शिव पलाँसको शब्द समावेश छ । गीतको भिडियोमा ‘कार्टून क्रू जुनियर’को टिमले नृत्य गरेको छ । साथमा आश्मा विस्वकर्मा, रमेश कडरिया र गायिका द्वय अनुजा र रुक्सनासँगै युनिका कडरियाको अभिनय देख्न सकिन्छ ।

भिडियोमा निम बाबु तामाङले कोरियोग्राफी गरेका छन् भने सरोज अधिकारीको निर्देशन छ । भिडियो ‘कडरिया इन्टरटेन्मेन्ट प्रा.लि. ले उक्त भिडियो निर्माण गरेको हो ।

भिडियोः

Comments