रोयल्टी समाजको वार्षिकोत्सवः गायक तथा संगीतकार पन्त एक्लैले पाए डेढ लाख बढि रोयल्टी
संगीत रोयल्टी संकलन समाज नेपालले आफ्नो १६ औं स्थापना दिवसको अबसर पारेर विभिन्न श्रष्टाहरुलाई संगीत रोयल्टी वितरण गरेको छ । वर्षौदेखि वितरण हुन बाँकी रहेको करोडौं बराबरको रकम एकसाथ बुधबार वितरण गरिएको हो ।
समाजले पि.आर.बि.टी., आर.बि.टी,यातायात,रेडियाो टि.भी.,मेला महोत्सव लगायतका ठाउँबाट बर्षौ अगाडी देखि संकलन गरिरहेको रोयपल्टी बापतको रकम संगीत सर्जकहरुलाई वितरण गरियो ।
१८ सयबढि सदस्य रहेको समाजमा रहेका २ सय बढि सर्जकहरुले एकसाथ रोयल्टी प्राप्त गरेका छन् । यो बीचमा गीतकार, लोकगायक तथा संगीतकार कस्तुप पन्त एक्लैको हातमा १ लाख ६३ हजार बढि रकम परेको छ ।
पन्तले सामाजिक सञ्जालमा स्टाटस लेख्दै २ दशक लामो संगीत यात्रालाई थप हौसला प्रदान गरेको भन्दै रोयल्टी समाजलाई धन्यवाद दिएका छन् । पन्तले आफुले पाएको रकमसहितको चेक समेत सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।