पलको मुद्धामा उच्च अदालतमा बहस सकियो, आजै आदेश आउने
नाबालिग गायिकामाथि जबरजस्ती करणीको अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा उच्च अदालत पोखरामा भइरहेको सुनुवाइको बहस सकिएको छ ।
तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि शाह पक्षधर वकिलहरु तारेखमा रिहाइको माग गर्दै उच्च अदालत पोखरा गएका थिए ।
न्यायाधीशद्वय उज्ज्वल शुक्ला र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा बिहिबार बन्द कक्षमा बहस सकिएको हो ।
उता पीडीतले भने बयान फेरिसकेकी छिन् । अरुको उक्साहटमा पल विरुद्ध जाहेरी दिएको पीडीतले पछिल्लो बयानमा जिकिर गरेकी छिन् । संभवत उच्च अदालतबाट आज नै आदेश आउने बताइएको छ ।