Logo

लण्डनमा सम्झौताः ‘हनी बनी’मा भित्रिइन् जसिता

फिल्म ‘हनी बनी’मा मुख्य अभिनेत्री जसिता गुरुङ अनुबन्धित भएकी छिन् । हालै छायांकन स्थल लण्डन पुगेका निर्देशक दिवाकर भट्टराई र जसिताबीच लण्डनमै सम्झौता भएको हो ।

यसअघि उक्त फिल्ममा सारा सिर्पाली रहने कुरा थियो । तर निर्माण टिमसँगको सहमतीमै अभिनेता अनमोल केसी बाहिरिएपछि भिषाको समस्या देखाउँदै सारा पनि फिल्मबाट अलग भएको समाचार बाहिरिएको थियो ।

अभिनेत्री अनुबन्ध भएसँगै लिड अभिनेता को रहने भन्ने भने निर्माण टिमले खुलाएको छैन । अनमोललाई रिप्लेस गर्ने उनकै लुक्स र कदअनुसारको अभिनेता रहने निकट श्रोत बताउँछ । रोमान्टिक लभस्टोरी जनरामा फिल्म बन्नेछ ।

Comments