Logo

उपराष्ट्रपतिबाट उत्कृष्ट सूचना अभियन्ताहरु सम्मानित

राष्ट्रिय सूचना आयोगको १५ औं स्थापना दिवसको उपलक्ष्यमा सूचनाको हकका निम्ति विशेष योगदान दिने एक दर्जन अभियन्ता र कर्मचारीलाई पुरस्कृत गरिएको छ । राजधानीमा आयोजित उपराष्ट्रपति नन्दकिशोर पुनःको प्रमुख आतिथ्यता रहेको एक कार्यक्रममा पुरस्कृतहरुलाई नगद सहित प्रमाण प्रदान गरिएको छ ।

उक्त समारोहमा विजय कसजु उत्कृष्ट पुरस्कार – २०७९ बाट पर्वतकी दुर्गा आचार्य, सप्तरीका कैलाश माझी, कैलालीका उमिद बागचन्द र पर्साका मनोज रौनियारलाई सम्मान पुरस्कार दिइयो । यसैगरि उत्कृष्ट सूचना अधिकारी पुरस्कार – २०७९ उदयपुरका सत्यनारायण हुजदार, तनहुँका गोकर्णराज बला, बाग्लुङका दुर्गाप्रसाद शर्मा, सिन्धुलीका निर्मल लामा तथा हेटौंडाका राजु अर्याललाई प्रदान गरियो ।

त्यसरी नै उप–सचिव विश्ववन्धु पौडेल, शाखा अधिकृत डिल्लीराम भट्ट तथा नायव सुब्बा हेमन्त रिजाललाई उत्कृष्ट कर्मचारी पुरस्कार – २०७९ प्रदान गरिएको छ । उपराष्ट्रपतिको कार्यलयमा बिहीबार आयोजित उक्त कार्यक्रममा उपराष्ट्रपति नन्दकिशोर पुन, प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ र सूचनाको हकका लागि राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष उमिद बागचन्दले सूचनाको हकका सम्बन्धमा आ-आफ्नो मन्तव्य राखेका थिए ।

(-योगेश खपाङ्गीको सहयोगमा)

Comments