Logo

पात्र निभाउन असहज भन्दै ‘हनी बनी’बाट बाहिरिए अनमोल

पटक पटक फिल्म साइन गर्दै हात झिक्ने अभिनेता अनमोल केसीले यो पटक पनि सोहि कुरालाई निरन्तरता दिएका छन् । फिल्म ‘हनी बनी’बाट अनमोल बाहिरिएको खबर छ ।

स्कृप्ट हातमा पर्नासाथ मन परेको भन्दै साइन गरेका अनमोलले अन्ततः फिल्ममा आफुले निभाउनुपर्ने भुमिकामा असहजता देखाउँदै बाहिरिएका हुन् । सहमतीमै फिल्मबाट अनमोल बाहिरिएको निर्देशक दिवाकर भट्टराईले बताएका छन् । अब नयाँ हिरो लिएर फिल्मको छायांकन सुरु गर्ने मनस्थितिमा भट्टराई पुगेका छन् ।

उता फिल्ममा लिडिङ लेडीको रूपमा अनुबन्ध भएकी सारा सिर्पाली पनि बाहिरिएकी छिन् । लण्डनमा छायांकन हुने फिल्मको लागि छायांकनको मुखमा आउँदा साराको भिषा नआईपुगेसी उनि बाहिरिएको बताईएको छ । त्यसो त सारा लण्डनमै पढेर नेपाल आएर अभिनयमा सकृय हुन् । साराको ठाउँमा जसिता गुरुङ रहने बताईएको छ ।

Comments