Logo

अब विदेशका दर्शकमाझ ‘म यस्तो गीत गाउँछु २’

फागुण १३ गतेबाट रिलिज भएको नेपाली फिल्म ‘म यस्तो गीत गाउँछु २’ अब विदेशमा रहेका नेपालीमाझ पुग्ने भएको छ । यो फिल्मलाई विश्व रिलिजका लागि नेपसिनेले जिम्मा लिएको छ ।

सपमबार निर्माताद्धय सुदर्शन थापा र पूजा शर्माले नेपसिनेका नेपाल प्रमुख विधान कार्कीसँग सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । अब नेपसिनेले यो फिल्मलाई विश्वभर वितरण गर्नेछ ।
यो चलचित्रको अमेरिका, यूके, अष्ट्रेलिया, क्यानडा र हङकङ रिलिजका लागि संझौता भएको निर्माता तथा निर्देशक थापाले जानकारी दिए ।

फिल्म अमेरिका र क्यानडामा नेपसिनेले प्रदर्शन गर्नेछ भने यूकेमा मिफुरुङ यूथ, यूके मगर एसोसिएशनले प्रदर्शनको जिम्मा लिएको छ । यस्तै, अष्ट्रेलियामा नेपाली टचले प्रदर्शन गर्ने जिम्मा लिएको छ । अमेरिका र क्यानडामा भने नेपसिनेले नै प्रदर्शन गर्नेछ ।

फागुण १३ गतेबाट रिलिज भएको यो चलचित्रले नेपालमा राम्रो व्यापार गरेको थियो । पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डीसी लगायतको मुख्य भूमिका रहेको यो फिल्म सांगीतिक लभ स्टोरीमा आधारित छ । अभिनेता शाह नाबालिग वलात्कारको अभियोगमा पक्राउ परेपछि उनका फ्यान तथा शुभचिन्तकहरुले फिल्मलाई अधिक माया देखाएका थिए ।

कोरोना महामारीपछि रिलिज भएका फिल्ममा यो फिल्म नै निर्माताले लगानी प्राप्त गर्ने पहिलो सफल नेपाली फिल्म बनेको थियो ।

Comments