पार्टीले हलुका लिएको भन्दै मेयरको दाबीबाट पछि हटे कलाकार खड्का
स्थानीय निकायको निर्वाचनले देशमा राजनीतिक माहोल गर्मिलो बनिरहेको छ । यो बीचमा विभिन्न तह र तप्काका व्याक्तिहरुले आइतबार र सोमबार देशभरका स्थानीय निकायमा आफ्नो उम्मेदवारी दर्ता गराइरहेका छन् ।
यो बीचमा काभ्रेको पनौती नगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गरेका चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का भने अन्तिम घडीमा रेसबाट बाहिरिएका छन् । उम्मेदवारी दर्ताको लागि तोकिएको पहिलो दिन आइतबार सांझ प्रेस विज्ञप्ति सार्वजनिक गर्दै आफु संलग्न पार्टी नेकपा एमालेले आफ्ना मुद्धाहरुलाई हलुका रुपमा लिएको र भेटघाट र छलफलसम्म गर्न नचाहेको गुनासोसहित तत्कालको लागि मेयरको दाबेदारीबाट पछि हटेको उल्लेख गरेका छन् ।
विझप्तिमा खड्काले आफु ‘सदैव सकारात्मक सोचका साथ पार्टी भन्दा माथी उठेर ‘देश र नगरिक’ का लागि मरिमेट्ने जोडेका छन् । उनलै आजकै मितिबाट अर्को कार्यकालको लागि आफ्नो उम्मेदवारी निरन्तर रहने दाबी पनि गरेका छन् । आफुले दाबेदारी प्रस्तुत गर्न ढिला गरेको स्मरण गर्दै खड्काले छोटो अवधिमा आफुलाई साथ सहयोग र हौसला दिने पनौतीवासीदेखि चलचत्रकर्मी सबैलाई धन्यबाद व्यक्त गरेका छन् ।
यस्तो छ कलाकार खड्काले सामाजिक सञ्जालमा सार्वजनिक गरेको विज्ञप्तिको पूर्णपाठः