Logo

केकीले सुटुक्क कसिन् लगनगाँठो !

अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिएकी छिन् । बिहिबार हिन्दू परम्परा अनुसार प्रेमी रोहित तिवारीसँग केकीले लगनगाँठो कसेकी हुन् । केकीका श्रीमान् रोहित हाम्रो बजार डटकमका सीइओ तथा फुडमारियोका सह-संस्थापक तथा सीइओ हुन् ।

मिडिया र पब्लिकलाई सरप्राइज दिँदै केकीले एक्कासी बिहे गरेकी हुन् । यसअघि उनका प्रेमीसम्म सार्वजनिक थिएनन् । केकी र रोहितको विवाह समारोहमा दुई पक्षका परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो भने केकीको तर्फबाट उनका केही अति नजिकका साथीहरु विवाहमा सहभागी भएका थिए । विवाह निकै गोप्य राखिएको थियो ।

सामाजिक सञ्जालमा बिहेका तश्विरहरु सार्वजनिक गर्दै केकीले लेखेकी छन्, ‘आजका दिनसम्म मलाई कलाकारको रूपमा दिनुभएको माया, सद्भाव र समर्थनप्रति हार्दिक आभारी छु । कलाकारका रूपमा मेरा हरेक उतार-चढावको साक्षी बन्नु भएको मेरा प्रिय दर्शकसॅंग मेरो विवाहको शुभ समाचार बाँड्न पाउँदा हर्षित छु । जीवनको नयाँ अध्याय सुरू गर्दै गर्दा म र मेरो जीवन साथीले उपहार स्वरुप यहाँहरूको आशिर्वादको अपेक्षा गरेका छौँ । यहाँहरूको माया, साथ र सद्भाव हामीप्रति सदैव कायम रहने कुरामा विश्वस्त छौँ ।’

(तश्विरः केकी अधिकारीको फेसबुक)

Comments