‘मन्त्र’मा प्रेम साट्दै सौगात र दीयाः ‘तिम्रै हुँ भन्छ यो मनले’ सार्वजनिक |भिडियो
फिल्म ‘मन्त्र’मा समावेश ‘तिम्रै हुँ भन्छ यो मनले’ बोलको गीत रिलिज गरिएको छ । फिल्मको टिजर र ट्रेलरपछि सार्वजनिक गरिएको यो पहिलो चल सामग्री हो ।
सार्वजनिक पहिलो गीतमा अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुनःफिचर्ड छन् । दुबै कलाकारलाई प्रेमिल भावमा प्रस्तुत गरिएको छ । गीतका शब्द मिठास लाग्छन् । अल्मोडा राना उप्रेती र अप्सरा घिमिरेले स्वर दिएका छन् । गीतमा सन्तोष सुनारको शब्द तथा संगीत छ ।
बैशाख १६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको यसअघि नै सार्वजनिक ट्रेलरले राम्रो प्रतिक्रिया पाइसकेको छ । मल्टिप्लेक्समा फिल्म प्रतिक्षित बनिसकेको छ ।
गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रा.लि.को ब्यानरमा बनेको फिल्मका निर्देशक खिल बहादुर गुरुङ हुन् । विसुद्ध अर्गानिक नेपाली फिल्म बताइएको ‘मन्त्र’मा सटगात र दीयासँगै बुद्धि तमाङ, नमिता घिसिङ्ग,वीर बहादुर लामा,पासाङ्ग टि शेर्पाको पनि मुख्य भूमिका छ ।
देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’मा रविराज कार्की,सुरेश कार्की र सुभ श्रेष्ठको लगानी रहेको छ । साम्तेन भुटिया,सुनिल नेउरे,परिच्छेद सेनले लेखेको फिल्मलाई सञ्जय लामाले खिचेका हुन् । फिल्ममा मित्र डी. गुरुङको सम्पादन छ ।