महजोडीको ‘महापुरूष’ घोषणा
वरिष्ठ हाँस्य कलकार महजोडीको मुख्य भुमिका रहने फिल्म ‘महापुरूष’को निर्माण घोषणा भएको छ । बैशाख दोस्रो साताबाट फ्लोरमा जाने गरि निर्माण घोषणा गरिएको यो फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गर्नेछन् ।
षट्कोण आर्ट्सको प्रस्तुतीमा निर्माण हुने ‘महापुरूष’मा म्याक्स् दिपेश खत्री निर्माताको रुपमा छन् । फिल्मका कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ हुन् । उनले प्रदीप भट्टराईको निर्देशनमा यसअघि ‘जात्रा र जात्रै जात्रा’ जस्ता सफल सिनेमामा सहकार्य गरिसकेका छन् । यो उनीहरुको तेस्रो सहकार्य हो । मह सञ्चारको ‘शत्रुगते’ पनि भट्टराईले नै निर्देशन गरेका थिए ।
निर्देशक भट्टराई र निर्माता बानियाँले यसअघि फिल्म निर्माण र निर्देशनमा सफलताको ह्याट्रिक गरिसेकाका छन् । फिल्ममा मदन कृष्ण श्रेष्ठ, हरीवंश आचार्य, गौरी र अरुण क्षेत्रीको अभिनय रहनेछ । यो फिल्मलाई नरेन्द्र मैनालीले खिच्ने छन् ।