Logo

१२ औं डि. सिने अवार्डः पुष्प उत्कृष्ट अभिनेता, खलपात्रको अवार्ड प्रकाश शाहलाई

शनिबार धुलिखेलमा सम्पन्न १२ औं डि. सिने अवार्डमा फिल्म ‘छ माया छपक्कै’ले सर्वाधिक ८ विधामा अवार्ड जित्दा फिल्म ‘मारुनी’ र ‘साङ्लो’ले ६-६ विधामा अवार्ड पाउन सफल भएका छन् । उत्कृष्ट फिल्मसँगै ‘मारुनी’बाट पुष्प खड्का उत्कृष्ट अभिनेता बने ।

उत्कृष्ट अभिनेत्रीको अवार्ड ‘छ माया छपक्कै’बाट केकी अधिकारीले पाइन् । उत्कृष्ट कथाको अवार्डसहित नवल नेपालले उत्कृष्ट निर्देशकको अवार्ड ‘मारुनी’बाटै थापे ।

उत्कृष्ट छायांकार सञ्जय लामाले पाउँदा सोहि फिल्मबाट गायकको अवार्ड कृष्ण काफ्लेले थापे । ‘साङ्लो’ फिल्मबाट नव निर्देशकको अवार्ड विराज भट्टले पाउँदा अभिनेता प्रकाश शाहले उत्कृष्ट खलपात्रको अवार्ड जितेका छन् । प्रमोद अग्रहरी, परमीता आर आल राना, शिशिर वाङ्देल, वुद्धि तामाङलाई पछि पार्दै प्रकाशले नेगेटिभ रोलको अवार्ड आफ्नो पक्षमा पारेका हुन् । यसअघि ‘लभ स्टेशन’ फिल्ममा उनले निभाएको नेगेटिभ भुमिकाले पनि राम्रो चर्चा पाएको थियो ।

यस्तै उत्कृष्ट द्वन्द्व निर्देशकको अवार्ड श्री श्रेष्ठले पाए भने पार्श्व संगीतमा एलिश कार्की र गायिकातर्फ मिलन नेवार र भिएफएक्सतर्फ समिर मियाले ‘साङ्लो’बाटै अवार्ड जिते । विभिन्न २७ विधामा अवार्ड वितरण गरिएको थियो ।
पपुलर फिल्मको अवार्डसँगै निर्देशकमा दीपेन्द्र लामाले जुरी अवार्ड क्कै’बाट जित्न सफल भए । लेखक, निर्देशक तथा कलाकार मोहन निरौलाको संयोजकत्वमा निर्देशक राजेन्द्र उप्रेती, संगीतकार सन्तोष श्रेष्ठ एवं अभिनेत्री तथा मोडल शोभीता सिम्खडा निर्णायक रहेको टोलीले अवार्डमा दर्ता भएका फिल्म मध्येबाट उत्कृष्ट चयन गरेका हुन् ।

अवार्ड विजेताहरूः
१. उत्कृष्ट पाश्व संगीत : एलिस कार्की : साङ्लो
२. उत्कृष्ट ध्वनीमिश्रण : अमित श्रेष्ठ : जात्रै जात्रा
३. उत्कृष्ट गीतकार : राजेन्द्र थापा – जुनको जुनेली : छ माया छपक्कै
४. उत्कृष्ट पाश्र्व गायिका : इतु जोजीजु – बिर्सन सकिन : मखमली मखमली
५. उत्कृष्ट पाश्र्व गायक : कृष्ण काफ्ले – हाने मैले झटारो : मारुनी
६. उत्कृष्ट चलचित्रलोक संगीत संगीतकार : बसन्त थापा – जुनको जुनेली : छ माया छपक्कै
७. उत्कृष्ट संगीतकार : अर्जुन पोखरेल – सुन्यौ की सुनेनौ : लभ डायरीज
८. उत्कृष्ट नृत्य निर्देशक : कविराज गहतराज – एम जी रोडैमा : हजार जुनीसम्म
९. उत्कृष्ट द्वन्द्व निर्देशक : श्री श्रेष्ठ : साङलो
१०. उत्कृष्ट हाँस्यकलाकार : केदार प्रसाद घिमिरे : छ माया छपक्कै
११. उत्कृष्ट खलपात्र : प्रकाश शाह : साङ्लो
१२. उत्कृष्ट कथा : गोविन्द फूयांल : मारुनी
१३. उत्कृष्ट पटकथा : आशुतोष राज श्रेष्ठ : जाईरा
१४. उत्कृष्ट सम्वाद : रामबाबु गुरुङ÷उपेन्द्र सुब्बा : कबड्डी कबड्डी कबड्डी
१५. उत्कृष्ट नव–नायिका : रुवीना थापा : लभ डायरीज
१६. उत्कृष्ट नव–नायक : अंकीत शर्मा : रातो टीका निधारमा
१७. उत्कृष्ट नव–निर्देशक : विराज भट्ट : साङ्लो
१८. उत्कृष्ट चरित्र अभिनेत्री : मिथिला शर्मा : आमा
१९. उत्कृष्ट चरित्र अभिनेता : माओत्से गुरुङ : कबड्डी कबड्डी कबड्डी
२०. उत्कृष्ट सह–अभिनेत्री : स्वस्तीमा खड्का : हजार जुनीसम्म
२१. उत्कृष्ट सह–अभिनेता : जीतु नेपाल : छ माया छपक्कै
२२. उत्कृष्ट छायाँकार : सञ्जय लामा : मारुनी
२३. उत्कृष्ट सम्पादक : बिपिन मल्ल : छ माया छपक्कै
२४. उत्कृष्ट अभिनेत्री : केकी अधिकारी : छ माया छपक्कै
२५. उत्कृष्ट अभिनेता : पुष्प खड्का : मारुनी
२६. उत्कृष्ट निर्देशक : नवल नेपाल : मारुनी
२७. उत्कृष्ट फिल्म : मारुनी : पुनम इन्टरटेनमेन्ट प्रा.लि.

जुरीद्वारा थप गरिएको ६ विधा
इनकरेजमेन्ट अवार्ड : क्षितिज सुवेदी : वीर विक्रम २
साउण्ड एडिटर : किशोर आचार्य : सानो मन
भिएफएक्स आर्टिस्ट : समिर मियाँ : साङ्लो
वर्षको पपुलर गायिका : मिलन नेवार : चरीले काफल : साङ्लो
जुरी अवार्ड (निर्देशक) : दीपेन्द्र लामा : छ माया छपक्कै
पपुलर फिल्म : छ माया छपक्कै : रोहित अधिकारी फिल्म्स् प्रा.लि.

Comments