रनवे ड्रिम्स २०२२’को उपाधि रिसम र स्नेहालाई
रिसम मितल र स्नेहा ढकालले ‘रनवे ड्रिम्स २०२२’ (सिजन २) को उपाधि जितेका छन् । स्नेहाले ८ प्रतियोगिलाई पछिपार्दै केटी तर्फ र रिसम १० प्रतियोगिलाई पछिपार्दै केटा तर्फको शिर्ष उपाधि चुमेकाहुन् । विजेताले ७० हजार नगद सहित विभिन्न उपहार प्राप्त गरे ।
‘ड्रिम्स इन्टिच्युटअफ मोडलिङ फेसन’को आयोजनामा शनिबार अबेर साँझ लेन्ड मार्क रिसेप्सन कतिमाटीमा आयोजित प्रतियोगीतामा केटीतर्फ अनुषा कुवँर क्षेत्री फष्टरनरअप र अनु मानन्धर सेकेन्ड रनरअफ चुँनिदा केटातर्फ ओम जोशी फष्टरनर अप र समर पुरी सेकेन्ड रनरअप विजेता बने ।
साजसज्जा सहित भब्य रुपमा निर्माण गरिएको रनवे सहित फेसनमय बातावरमा आयोजित प्रतियोगितामा अभिनेता रमेश उप्रेती,पहिलो मिस युनिभर्स नग्मा श्रेष्ठ,फेसन डिजाइनर मञ्जु ढकाल,टन्सर कसेसी, उपसना श्रेष्ठ, निकिता थापा लगायत निणार्यक रहेका थिए ।
प्रतियोगीतामा ‘मिसेस टुरिज्म २०२२’ को ताज मधु किरणलाई प्रदान गरियो । मधुले दुवईमा आयोजना हुने अन्तराष्ट्रिय प्रतियोगीता ‘मिसेस टुरिजम २०२२’मा नेपालको प्रतिनिधित्व गर्ने आयोजक संस्थाकी सिइयो दुर्गा बिसुरालले जानकारी दिइन् ।
युवायुवतीलाई उत्कृष्ट प्रशिक्षण सहित भविश्यमा मोडलिङ र फेसनको जुनै पाटोमा पनि सक्षम रुपमा अगाडि बढाउदै उज्वल भबिश्य निर्माणमा सक्षम बनाउने उदेश्यले रनवे ड्रिम्स प्रतियोगिता आयोजना भएको आयोजक ‘ड्रिम्स इन्टिच्युटअफ मोडलिङ फेसन’मा म्यानेजिङ डाइरेक्टर डा. नविन शाहले जानकारी दिए ।
प्रतियोगितामा फोटो जेनिक अनिल महत, जाग्रिती यादव, मोष्टपपुलर राजिव चौधरी, प्रिंकला खड्गी, बेष्टवाक सौर्य तिर्वा, अनुषा कुवँर क्षेत्री, मष्टफ्रेण्डली आयुष पाण्डे, ग्रिष्मा तामाङ, बेष्टहेयर प्रमिला बिष्ट, मष्टइष्टाइलिस ओम जोशी र प्रमिला बिष्ट, बेष्टफिजिक समर पुरी, प्रिंकला खड्गी, मष्टट्यालेन्ट जिक्टेन शेर्पा, अनुषा कुवँर क्षेत्री बेष्टफर्सनालिटी रिसभ मितल, स्नेहा ढकाल, मिस डिसिप्लेन सृष्टि नेमकुल घोषित भएका थिए ।