मदनकृष्ण भन्छन्ः ‘हेल्लो जीन्दगीले लण्डन घुमायो !’
शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको फिल्म ‘हेल्लो जिन्दगी’ पहिलो लेहप्तामा रनिङ छ । फिल्मलाई दर्शकसँगै सेलिब्रेटीहरुले समेत हेरेका छन् ।
ललीतपुरको लबिम मलमा ‘हेल्लो जिन्दगी’ हेरेपछि वरिष्ट अभिनेता मदन कृष्ण श्रेष्ठले आफूलाई फिल्म निकै मन परेको प्रक्रिया दिए । ‘फिल्म एक्दम मज्जा लाग्यो, कतै नअल्झीकन सरर कथा बगेको छ । विदेशमा बस्नेहरुको समस्या पनि देखाइएको छ,’ उनले भने,‘कतिपय फिल्म राम्रो नलागे पनि राम्रो भन्दिनु पर्ने हुन्छ । तर यो फिल्म वास्तवमै राम्रो छ । कतै ध्यान नदिइ हेरें । सबैलाई हेर्न आग्रह गर्दछु ।’ उनले फिल्म हेर्दा लण्डन घुमेको महसुस भएको समेत बताए । त्यसो त यो फिल्मको अधिकांश छायांकन लण्डनमा गरिएको छ ।
अर्का अभिनेता रबिन्द्र झाले पनि ‘हेल्लो जिन्दगी’ मन परेको प्रतिक्रिया दिए । उनले फिल्ममा सत्य घटनालाई प्रस्तुत गरिएकाले सबैले हेर्नुपर्ने बताए । ‘फिल्मको कथा,निर्देशन, कलाकारको अभिनय सबैले मन छोयो,’ उनले भने, ‘फिल्म बहुतै दाम्मी लाग्यो । यही बसेर सरर लण्डन घुमेको महसुस हुन्छ ।’
गायक तथा संगीतकार यमन श्रेष्ठले पनि फिल्म निकै मन परेको बताए । ‘फिल्मले सुरुदेखि नै ‘होल्ड’ गर्छ । फिल्मको हरेक पक्ष राम्रो लाग्यो । सस्पेन्स, ट्विस्टहरु एकदम ठिक ठाउँमा छन् । फिल्मले मनोरञ्जन मात्र नभइ सन्देश पनि दिन्छ ’ उनले भने । अर्का अभिनेता तथा डा. समीर दीक्षितले पनि ‘हेल्लो जिन्दगी’ को तारिफ गरे । ‘फिल्म बहुत मन पर्यो । एकदम स्ट्याण्डर लाग्यो । सबैलाई मन पर्ने फिल्म बनेको रैछ । सम्पूर्ण टिमलाई शुभकामना ब्यक्त गर्दछु ।’ दर्शकसँगै बसेर फिल्म हेर्दा निकै आनन्द लागेको निर्देशक एभरेष्ट सूर्य बोहराले बताए । ‘जति पनि दर्शकले फिल्म हेर्नु भएको छ, सबैले एकदम तारिफ गर्नुभएको छ । यही नै हाम्रो सफलता हो ।’
अभिनेता बिक्रम डि जोशीले दर्शक तथा चलचित्रकर्मीले आफ्नो फिल्म मन पराएकोमा खुशी ब्यक्त गरे । ‘हेरे जति सबैले फिल्म मन परेको बताउछु भएको छ । कतिपयले त पूरै फिल्म आफ्नो वास्तविक जिन्दगीसँग ठ्याक्कै मेल खाएको प्रतिक्रिया पनि दिनु भएको छ । उहाँहरुको कुराले म उत्साहीत छु ।’
एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्ममा बिक्रम डि जोशी,प्रियंका कार्की,दीपीका प्रसाईं,विल्सन बिक्रम राई,बिक्रान्त बस्नेत, निर्देशक बोहरा स्वयम्,सबिता गुरुङ,सनमकुमार बैराग,बिभिया श्रेष्ठ,जानकी पन्तमनोज केसी, ध्रुव दत्त,कुमुद पन्तलगायतले अभिनय गरेका छन् ।
साउथ इन्डियन फिल्म आरआरको दवदवाका कारण हलमा कम शो पाए तापनि फिल्मले दर्शकको मन जितिरहेको निर्माण टिमको दाबी छ । सत्य घटनाहरुबाट प्रभावित भनिएको फिल्मको निर्मातामा बिक्रम डि जोशी र हिराल जोशी छन् कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सबिता गुरुङ छिन् ।
महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा विरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा डि क्रिएटिभ स्टुडियो,युके र काम्मा इन्टरटेन्मेन्ट,इन्डिया लाइन प्रोड्युसर छन् । निर्देशक बोहरा र बिक्रम डि जोशीको कथा,निर्देशक बोहरासहित अभिमन्यु निरवीको पटकथा-सम्वाद रहेको फिल्म पुरुषोत्तम प्रधानले खिचेका हुन् । फिल्मलाई आरआर फिल्मस्ले वितरण गरेको हो ।