तीन दिनमै ‘आरआरआर’ले कमायो ५ सय करोड, नेपालमा रेकर्ड ब्रेक कलेक्सन
गत शुक्रबार सार्वजनिक प्रदर्शनमा आएको दक्षिण भारतिय फिल्म ‘आरआरआर’ले विश्वबजारमा ५ सय करोडको विजनेस ल्याण्डमार्क पार गरेको छ । प्रदर्शनको तीन दिनमै फिल्मले वर्ल्डवाइड रुपमा किर्तिमानी कलेक्सन गर्न सफल भएको हो ।
भारतमा हालसम्म प्रदर्शनमा आएका कुनै पनि फिल्मले यति छोटो समयमा यो विजनेस गरेको पहिलो बताइएको छ । भारतिय ट्रेड एनालिष्ट तरण आदर्शले टुइट गर्दै फिल्मले रिलिज विकेण्डमा ५ सय करोडको ग्रस कलेक्सन गरेको उल्लेख छन् ।
एसएस राजामौलीको निर्देशनमा बनेको फिल्मको वर्ड अफ माउथ उच्च छ । जुनियर एन्टिआर,रामचरण, अजयदेवगान र आलिया भट्ट स्टारर फिल्मले नेपालमा पनि रेकर्ड ब्रेक कलेक्सनलाई जारी राखेको छ । प्रदर्शनको दिनदेखि नेपाली मल्टिप्लेक्स पर्दाहरु निरन्तर हाउसफुल बिजनेस गर्न सफल छन् ।
फिल्मले नेपालमा हालसम्म साढे ३ करोड बढि ग्रस कलेक्सन गरिसकेको दाबी गरिएको छ । राजामौलीकै फिल्म ‘बाहुबली २’लाई यो फिल्मले रिलिजको तीन दिनभित्रै यति ठुलो कलेक्सन गरेर विजनेसमा पछि पारिसकेको छ ।