Logo

फ्राइडे रिलिजः हलमा ‘आरआरआर’को वर्चस्व, कोभिडपछिको रेकर्डब्रेक ओपनिङ

फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबारबाट प्रदर्शनमा आएको दक्षिण भारतिय फिल्म ‘आरआरआर’ले नेपाली हल कब्जा गरेको छ । नेपालमा हाल चल्तिमा रहेका प्रायः सबैजसो हलमा यो फिल्मले एकलौटी वर्चस्व कायम गरेको छ । यो हप्ता कुनै पनि नेपाली फिल्म प्रदर्शनमा आएनन् । पुर्वघोषित मितिमा १ हप्ता फेरबदल गर्दै ‘हेल्लो जीन्दगी’ले १८ चैतलाई प्रदर्शन तोकिसकेको छ ।

मल्टिप्लेक्स अन्तर्गत क्युएफएक्स, एफक्युब, सिने डि सेफ, बिग मुभिज क्युज सिनेमाज सबैतिर फिल्म एकल प्रदर्शनमा छ । अन्य फिल्मले एक वा दुई शोज मात्रै पाएका छन् । शुक्रबारबाटै सञ्चालनमा आएका दुई हल रञ्जना सिनेप्लेक्स र गोपिकृष्ण अन्तर्गतका तीन पर्दामा पनि यो फिल्मले उत्तिकै स्थान पाएको छ । नेपालकै ठुलो चेन क्युएफएक्सले ५० बढि शोज यो फिल्मलाई उपलब्ध गराएको छ ।

स्टार कलाकारहरुले भरिएको यो फिल्म भारत, नेपालसहित विभिन्न देशका दर्शकको लागि बहु-प्रतिक्षित थियो । यो फिल्मले कोभिड महामारीपछि प्रदर्शनमा आएका सबै फिल्मको ओपनिङ विजनेस रेकर्ड ब्रेक गर्ने अनुमान फिल्म पण्डितहरुले गरेका छन् । शुक्रबारको पहिलो शोजहरु प्रायः सबै हल हाउसफुल भइसकेका छन् । मल्टिप्लेक्समा ९० प्रतिशत बढि अकुपेन्सीमा फिल्मले विजनेस सुरु गरेको छ । कोभिडपछिको यो आफैमा किर्तिमानी ओपनिङ हो ।

Comments