Logo

शुक्रबारबाट खुल्यो गोपिकृष्ण हल, आरआरआरसँगै प्रदर्शनमा तीन फिल्म

कोभिड महामारी सुरुभएसँगै बन्द भएको नेपालकै सबैभन्दा ठुलो फिल्म हल गोपिकृष्ण मुभिजका तीन पर्दा शुक्रबारबाट सञ्चालनमा आएका छन् । भारतको बहु-प्रतिक्षित फिल्म ‘आरआरआर’को रिलिज सँगै शुक्रबारबाट गोपिकृष्ण अन्तर्गतका तीन पर्दा सञ्चालनमा आएको गोपिकृष्ण मुभिजले जनाएको छ ।

गोपिकृष्ण अन्तर्गतका ओम, नमः र शिवाय तीन पर्दामा शुक्रबारबाट आरआरआर, चिसो एष्ट्रे र दि कश्मिर फाइल्स प्रदर्शन भएका छन् । ७ वटा पर्दा रहेको गोपिकृष्णमा अहिले चार पर्दा भएको हल भत्काएर कम्प्लेक्स निर्माणको क्रममा छ ।

गोपीकृष्णले रातो, हरियो र नीलो रंगको थिममा विभाजन गरेर उल्लेखित तीन पर्दामा निरन्तर फिल्म प्रदर्शन गर्ने भएको हो । तीन वटै पर्दामा तीन सय रुपैयां टिकट दर कायम गरिएको छ । अत्याधुनिक प्रविधिसहित पुनर्निर्माण गरेर हल पुनः सञ्चालमना ल्याउन लागिएको गोपिकृष्ण मुभिजले बताएको छ ।

Comments