Logo

विनोद लामाको निर्माणमा ‘सरी मम’ बन्ने, निर्देशनमा बोगटीको डेब्यू

बिहिबार भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै फिल्म ‘सरी मम’ को छायांकन सुरु गरिएको छ । क्यामेरा पुजा गर्दै थालिएको छायांकन अभिनेत्री सरीता लामिछाने र प्रभात पलले मुहर्त सर्ट दिएका थिए । निर्माता तथा वितरक गोपाल काजी कायस्थले क्ल्याप हानेको मुर्हुत सर्टको निर्देशन रञ्जीत रानाले गरेका थिए ।

विनोद लामाको प्रस्तुतीमा निर्माण हुने फिल्ममा सरिता र प्रभातका अलवा सरोज खनाल, विजय लामा, एलिस राई, विहान श्रेष्ठ, रेजिना मगर, युनिषा बजगाइँ र प्रविल कटुवालको अभिनय रहने छ । फिल्मको सम्पुर्ण छायांकन बागमती र गण्डकी प्रदेशमा गरिनेछ ।

एनएफआई क्रियसनको व्यानरमा निर्माण हुने फिल्मलाई नविन बोगटीले निर्देशन गर्दैछन् । उनले निर्देशनबाट निर्देशनमा डेव्यु गर्दैछन् । ३० दिनको छायांकन सेड्युअल राखेर फ्लोरमा हिँडेको फिल्मलाई दीर्घ गुरुङले छायांकन गर्नेछन् । सामाजिक कथावस्तुमा निर्माण गरिने फिल्म आगामी बर्षको दशैं र तिहारको बीचमा रिलिज गरिने योजना रहेको निर्माता विनोद लामाले बताए ।

Comments