Logo

नीताको ‘ह्रस्वदीर्घ’ निर्देशकमा चन्द्र पन्त अनुबन्धित

अभिनेत्री नीता ढुङ्गानाको निर्माणमा बन्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’लाई चन्द्र पन्तले निर्देशन गर्ने भएका छन् । यसअघि नीताले नै उक्त फिल्मलाई निर्देशन गर्ने चर्चाका बीच नीता पछि हट्दा अब एक्सन कटको जिम्मा पन्तले सम्हाल्ने भएका हुन् ।

यो फिल्ममा नीतासँगै ज्योतिषी हिरो हरिहर अधिकारी मुख्य अभिनयमा रहनेछन् । पछिल्लो समय प्रेम चर्चाका कारण यो जोडीको नाम एकसाथ जोडिएर आउँदा अब पर्दामा पनि सँगै देखिन लागेका हुन् ।

४ करोड बढि बजेटमा निर्माण हुन लागेको भनिएको फिल्म आगामी बर्ष २०७९ को साउनदेखि फ्लोरमा जाने बताइएको छ । प्रेम कथामा आधारित रहेर निर्माण हुन लागेक यो फिल्मको हाल स्कृप्टको काम भइरहेको अभिनेता अधिकारीले बताए ।

फिल्मलाई नेपालको देवघाटसँगै भारतको बनारस र लखनउमा समेत खिचिनेछ । नेपाली र हिन्दी दुबै भाषामा बन्न लागेको भनिएको फिल्ममा भारतका केहि चर्चित कलाकारहरुले समेत अभिनय गर्ने बताइएको छ । नेपाली र भोजपुरी एक्सन फिल्म निर्देशनमा जमेका पन्तले लभस्टोरी फिल्म कस्तो बनाउनेछन् त्यो भने समयले बताउनेछ ।

Comments