‘मेरो कथा’ले साट्यो ५१ औं भागको सफलता, कलाकर्मी र सञ्चारकर्मीलाई पुरस्कार र सम्मान
धारावाहिक टेलिसिरियल ‘मेरो कथा’को ५१ औं भागको सफलता तथा सम्मान कार्यक्रम गरिएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सिरियलको सफलता र सम्मान कार्यक्रम राखिएको हो । कार्यक्रममा सिरियलकी निर्देशक गीता नेपालको जन्मदिन सेलिब्रेसन समेत गरियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल, विशेष अतिथि कलाकार तथा निर्देशक निर शाह, अतिथिमा निर्माता तथा वितरक गोपाल काजी कायस्थ, चलचित्र कलाकार संघ, नेपालका अध्यक्ष रविन्द्र खड्का, निर्देशक शोभित बस्नेत,कलाकार मोहन निरौला, निर्देशक तथा कलाकार उत्तम केसी लगायतको उपस्थीति रहेको थियो । कार्यक्रममा उपस्थीत अतिथिले सिरियललाई सफलताको शुभकामना दिएका थिए ।
टेलिसिरियलको ५१ औं भागबाट निर्देशकको जिम्मेवारी रामजी राउत सम्हाल्ने छन् । यो सिरियलमा रमेश बुढाथोकी, पवन मैनाली, हिउवाला गौतम, प्रिया रिजाल, गीता नेपाल, अशोक धिताल, माधव पण्डित, रिया श्रेष्ठ, सपना श्रेष्ठ, तेजुला खतिवडा, रामजी रावत, जयश्री कार्की, नेवीश्री कार्की, सरोज दाहाल, सन्दिप कडेल, अनमिका चौलागाई, अञ्जली तामाङ, रमेश अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।
धनेश्वर मिडियाको व्यानरमा निर्माण भएको टेलिसिरियललाई तेजुला खतिवडा र कृष्ण कार्कीको लगानी छ । सिरियलमा नरहरी प्रेमीको संगीत, नरहरी प्रेमी र अपेक्षा खनालको स्वर, क्यामोदिन मियाको सम्पादन, कलर तथा भिएफएक्स समिर मिया, रामेश्वर हुमागाई छायांकन रहेको छ । कार्यक्रमका सम्पुर्ण कलाकारहरु र सञ्चारकर्मी कुमार आचार्यसहितलाई मायाको चिनो र कदर पत्रसहित सम्मान गरिएको थियो ।