Logo

पल शाहलाई थप पाँच दिन हिरासतमा राख्न अदालतबाट अनुमति

नाबालिगलाई जबरजस्ती करणी गरेको आरोप लागेका अभिनेता पल शाहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न तनहुँ जिल्ला अदालतले अनुमति दिएको छ । तनहुँ प्रहरी कार्यालयले पछिल्लो पटक मागेको १२ दिनको समय सकिएसँगै अनुसन्धानको लागी थप ५ दिन अदालत समक्ष माग गरेको थियो ।

यसअघि तनहुँ अदालतले पहिलो पटक ७ दिन र दोस्रो पटक १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । अदालतले दोस्रो पटक १२ दिन म्याद थप गरेपछि शाहलाई तनहुँबाट अनुसन्धानका लागि नवलपरासी पनि लगिएको थियो । नाबालिगले तनहुँपछि नवलपरासी प्रहरी कार्यालयमा पनि शाहविरुद्ध जबर्जस्ती बलात्कारको आरोपमा जाहेरी दिएकी थिइन् ।

नाबालिगले दिएको जाहेरीको आधारमा पल शाहविरुद्ध बिहीवार जिल्ला अदालत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा बलात्कार मुद्दा दर्ता भइसकेको छ । १६ बर्ष नपुगेकी नाबालिगलाई वलात्कारको अभियोगमा १२ देखि १४ वर्ष सजाय माग दाबी गर्दै जिल्ला सरकारी वकिलको कार्यालयले शाहविरुद्ध मुद्धा दर्ता गरेको हो ।

शाहमाथि ललाई-फकाई गरी पटक-पटक जबर्जस्ती करणी गरेको आरोप पछि अटनासँग जोडिएका स्थलमा दुबैतर्फको प्रहरीले अनुसन्धान थालेको थियो ।

Comments