सामाजिक कथामा लघु चलचित्र ‘शुभ सन्ध्या’ बन्ने
नारायणी फिल्मसको ब्यानरमा सामाजिक लघु चलचित्र ‘शुभ सन्ध्या’ निर्माण हुने भएको छ । समाजमा हुने जातीय विभेद र बढ्दै गइरहेको बलात्कार विरुद्धको कथावस्तु समेटिएको चलचित्रमा अमिर बरालको निर्देशन रहनेछ ।
उक्त चलचित्रमा सचित राज सेढाई, निशु आइडु, कृश पौडेल, रिजन खरेल लगायतको मुख्य अभिनय रहनेछ । साथै बाल कलाकारको भुमिका आदित्य ढुङ्गानाले निर्वाह गर्नेछन् । चलचित्रको निर्माण सम्पन्न पश्चात च्यारिटी शो मार्फत पर्दर्शन गरिने निर्देशक बरालले बताए ।
निर्देशक बरालकै कथा रहेको यस चलचित्रको पटकथा तथा संवाद अंगत श्रेष्ठले लेखेका हुन् । यो लघु चलचित्रमा रवी कोइरालाको छायांकन र सुजन सुवेदीको सम्पादन रहनेछ । चलचित्रको छायांकन पुर्वको झापा र चितवन जिल्ला आसपासका क्षेत्रमा हुने निर्माण पक्षले जनाएको छ ।